काठमाडौं । बिहिबार पनि सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य सोमबारदेखि लगातार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ रहेको छ । सुन सोमबारदेखि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्