Skip to content
Shikhar Insurance
National Life

कोशी सरकार विस्तार गर्न अझै केही दिन लाग्छ : मुख्यमन्त्री कार्की

Hyundai
NCELL
NIMB

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिए । उनले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन आग्रह गरे ।

उनले भने,’कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।’ मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसले सरकारमा सहभागी हुने सांसदहरुको नामावली नदिएका कारण सरकार विस्तारमा केही ढिलाइ भएको बताए ।

मुख्यमन्त्री कार्कीले भने,’सरकार विस्तारमा जति ढिलाइ हुन्छ त्यति नै सरकारको काम कारबाहीमा असर पर्छ, जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिइ सरकार शासकीय सुधारतर्फ लाग्ने र विकासका योजनालाई तीव्र गतिमा अघि बढ्नेछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE