Shikhar Insurance
National Life

कृषिका लागि आवश्यक कलकारखानामा लगानी भित्र्याउन पहल गर्छु: राजदुत तुम्वाहाङ्फे

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित राजदुत डा शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छिन् ।

बुधबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, उनले चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रश्ताव गर्ने बताउँदै फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रस्ताव गर्ने उल्लेख गरिन् ।

उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताइन् ।

त्यसैगरी, नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन् ।

उनले भने, ‘उच्चस्तरीय भ्रमणमा जोड दिन्छु । दुई देश बिचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ । नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार सन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ । ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ ।’

‘लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्नेछु । लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्नेछु । नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न जरुरी छ । यसको निम्ति पहल गर्नेछु । दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्नेछु’ उनले भनिन् ।

उनले संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्ने पनि बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्