काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
आइ केयर सेन्टरमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने सम्बन्धमा सो सम्झौता भएको हो । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्