काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ मा पुगेको हो ।
बुधबार ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता सेयर किनबेच हुदाँ १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ कारोबार भएको छ ।
बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, एशियन हाइड्रोपावरको ८.९१ प्रतिशत, धौलागिरी लघुवित्तको ८.४४ प्रतिशत, मानुषी लघुवित्तको ५.९३ प्रतिशत सहित ५२ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्