काठमाडौं । आईएमई लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच एक सम्झौता भएको छ । रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि सो सम्झौता भएको हो ।
कमर्स प्लेक्स Simpaisa होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा FINTRAC द्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसाय FMSB ले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।
कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले भने,’आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्त्वपूर्ण कदम अगाडी बढेको छ ।’
आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ । आईएमइ लिमिटेड रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्त्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।
आइएमइको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्