Shikhar Insurance
National Life

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १६:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले प्रचण्डले समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरुको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने जानकारी दिए । उनले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गरे ।

मोदीले जनयुद्धलाई हिंसा भन्ने भए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के ? भन्ने भनेर प्रश्न गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्