काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अंकले बढेर २८२३०.१६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
मंगलबार एनएलजि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७२ लाख २३ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २ सय ७० रुपैयाँ रहेको छ ।
मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढ्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, मंगलबार १२ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने हिमालयन पावर पाट्नरको सेयर मूल्य ८.८६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्