काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुन:सरचना गर्ने बतएका छन् ।
सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुन:संरचना गर्न आवश्यक रहेको उल्लेख गरे । उनले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शत्तिशाली हुने अपेक्षा रहेको जानकारी दिए ।
उनले सधैँ आयोग गठन आदेशको भरमा चल्दा प्रभावकारी रुपमा काम नदेखिएको आसय व्यक्त गरे । उपाध्यक्ष अधिकारीले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशिल मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको जानकारी दिए ।
उनले २०२६ सम्म विकशित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिको लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले आगामी २०२६ नोभेम्बरमा स्तरोउन्नति हुनैपर्ने भएकाले सरकार फाइदा/बेफाइदा भन्दा पनि अवसरहरु सिर्जना गर्ने योजनाका साथ अघि बढेको बताए ।
उनले १६औं पञ्च वर्षीयले आगामी पाँच वर्षमा ७.३ सम्म आर्थिक वृद्धि हुने अनुमान गरेको बताए । उनले अहिले ३.५ आर्थिक वृद्धि भएको भएपनि चालु आर्थिक वर्षमा ६ प्रतिशत,त्यसपछि ६.६ प्रतिशत हुँदै २०८४/०८५ मा निर्वाचनको वर्ष हुने ७.३ प्रतिशत पुग्ने अनुमान रहेको बताए । उनले आगामी पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्