काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र विवरण खुलाई सञ्चालक समितिलाई सम्बोधन गरी आवेदन पेश गर्ने सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्