Shikhar Insurance
National Life

तनहुँ जलविद्युत आयोजना : विद्युत गृह कङ्क्रिटको काम सकियो

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १०:४०
Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो ।

प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युत गृहभित्र ढलान गरेर कङ्क्रिटको काम सकाएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिएका हुन् । उनले भने ‘विद्युत गृहभित्र संरचना बनाउने काम चलिरहेको छ । सोही बमोजिम पहिलो चरणको कङ्क्रिट गर्ने काम पूरा भएको हो ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्याकेज दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणमा हालसम्म ५९ प्रतिशत प्रगति भएको छ । यस प्याकेजको निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ । जसअन्तर्गत विद्युत गृह निर्माणका लागि सुदृढीकरण कार्य जारी रहेको छ । साथै अतिरिक्त मेकानिकल उपकरण तथा पाइप जडान कार्य जारी रहेको बताइएको छ ।

पेनस्टक सुरुङतर्फ पेनस्टक पाइप जडान, वेल्डिङको काम जारी छ भने मुख्य सुरुङतर्फ वि.सं २०८० चैत १८ गते मुहान सुरुङको ‘ब्रेक थु्र’ भएपश्चात् बेन्चिङ (तल्लो भाग) तथा आवश्यक सहयोगका लागि ‘स्टील रिब्स्’ जडान कार्य सम्पन्न भएको छ । सर्जट्याङ्क ठाडो सुरुङतर्फ स्काफफोल्डिङ, रेबर जडान तथा कङ्क्रिट कार्य भइरहेको आयोजनाले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्