काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले सेयरधनीहरुलाई १२.६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गर्ने भएको छ ।
कम्पनीको भदौ १७ गते बसेको बैठकको निर्णयानुसार कम्पनीको आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजी ५० करोड रुपैयाँको बोनश सेयर ७ प्रतिशत र नगद लाभांश ५.६३ प्रतिशत लाभांश वितरण प्रस्ताव गर्ने भएको हो ।
उक्त प्रस्तावित लाभांश आर्थिक वर्ष २०८०/८१ को लागि बस्ने कम्पनीको आगामी १० औँ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्