Shikhar Insurance
National Life

यामाहाले ल्यायो भव्य दशैं तिहार अफर ‘बिगेस्ट १० शैं’

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १७:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। ‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले १० लाख रुपैयाँसम्मको क्याशब्याक उपहार प्राप्त गर्नेछन् ।

‘नेपालीहरूको महान चाड दशैंलाई हामी वडादशैं पनि भन्छौं। वडादशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएको कम्पनीले जानकारी दिएको छ । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कुनै पनि ग्रहाकहरु हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ।’ यामाहा नेपालका सीईओ संजीव शुक्लाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि जारी गरेको छ। यामाहाले अनदस्पट एक्सचेन्जको सुविधा पनि दिने छ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ । एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूसँगै यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा उच्चगुणस्तरीय, भरपर्दो र स्टाइलिस दुई पाङ्ग्रे सवारी साधनहरू उपलब्ध गराउन समर्पित यामाहा नेपाल एमएडब्लु राइद्सको गौरवशाली सहायक कम्पनी हो । दशकौं अघि स्थापित यामाहाले मोटरसाइकल उद्योगमा विश्वव्यापी अग्रणीको रूपमा आफूलाई स्थापित गरेको छ। आफ्नो इन्जिनियरिङ उत्कृष्टता, इनोभेसन र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धताका लागि यामाहा प्रसिद्ध छ । नेपालमा एफवान मोटरसाइकल र स्कुटर ल्याउने पहिलो कम्पनी यामाहा नेपाल नेपालको दोस्रो ठूलो अटोमोबाइल कम्पनी पनि हो। यसका नेपालभर सयवटा भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्