Shikhar Insurance
National Life

‘मैले निजी क्षेत्रको महत्त्व बुझेको छु, लगानी प्रोत्साहित हुने गरि काम गर्छु’ : मुख्य सचिव अर्याल

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १७:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले आफुले निजी क्षेत्रको महत्त्व बुझेको र आफ्नो कार्यकालमा लगानी प्रोत्साहित हुने गरि काम गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको टोलिले नवनियुक्त मुख्य सचिवसंग आज गरेको भेटका क्रममा अर्यालको उक्त भनाइ आएको हो ।

भेटमा महासंघकाे टाेलिले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएपनि तिव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्फ ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल सरकारबाट आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र उक्त काममा महासंघले सघाउने समेत बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ढकालले भने ‘महासंघको आग्रहमा नयाँ चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ’ । साे भेटमा ढकालले निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गरे ।

यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउन आवश्यक रहेको ढकालकाे सुझब रहेकाे छ । यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानूनहरु बनेको तर्फ अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउँदै यस्ताे व्यवस्थाले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन समेत पहल गरे ।

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्त्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राख्य । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसंग भेट गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्