काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार हरियालि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेर २८२३.२५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
सोमबार ३३५ कम्पनीको १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
नेशनल हाइड्रो, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएजली इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपर माई हाइड्रोपावर, दोल्ती पावर, मल्टीपर्पस फाइनान्स, कालिञ्चोक दर्शन र मोदी इनर्जीको सेयर मूल्यमा सर्किट लागेको हो ।
प्रतिक्रिया दिनुहोस्