Shikhar Insurance
National Life

१२७.३२ अंकले बढ्यो सेयर बजार, कारोबार रकम १३ अर्ब १० करोड

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार हरियालि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेर २८२३.२५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार रुपैयाँको संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ३ सय ३० रुपैयाँ रहेको छ । सोमबार २३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, साेमबार ११ कम्पनीकाे सेयरमा  सकरात्मक सर्किट लागेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेकाे छ  ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्