Shikhar Insurance
National Life

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियो : अध्यक्ष यादव

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गरे ।

अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाए । उनले काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताए । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्