काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा बजारमा खरिद बिक्री भएको छ । छापावाला सुन अघिल्लो दिन १ लाख ५२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७ सय ७५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्