काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइलमा विशेष छुटको व्यवस्था गरेको छ ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको हो ।
Nothing तथा CMF brands का मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म तथा earbud तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्