काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले यो पाली अटो क्षेत्र शोकमा रहेको बताएका छन् । आइतबार ‘नाडा अटो शो २०२४’ को समापनमा अध्यक्ष चौधरीले नेपाली अटो क्षेत्र शोकमा रहेको र आफूहरुले भनेजती लगानी गर्न नसकेको बताएका हुन् ।
अध्यक्ष चौधरीले ‘नाडा अटो शो’ को अन्तिम दिन यसपाली अटो व्यवसाय मारमा परेको विषयप्रति सरकारको ध्यानाकर्षण समेत गराए । उनले अटो क्षेत्रमा सहयोग गर्न र अटो व्यवसायीहरुको माग पूरा गर्न समेत सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘मैले मौद्रिक नीति अटोमुखी हुनु पर्छ भन्दै माग गरेको थिए, अर्थमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनु भएको छ ।’ नाडा अटो शोले दशैंलाई स्वागत गरेको बताउँदै चौधरीले व्यवसायीहरुको अनुहारमा आशाको किरण देखिएको बताए ।
अटो शो नेपालको सबैभन्दा ठूलो प्रर्दशनी हो । अर्को वर्ष अझै आकर्षक हुने नाडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्