काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.६३ अंकले घटेर २६९५.९३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आइतबार ३३७ कम्पनीको १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बढीको कारोबार भएको हाे ।
आइतबार गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५२ करोड ३१ लाख १० हजार रुपैयाँको संकलन भएको छ ।कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २ सय ३० रुपैयाँ रहेको छ ।
साथै, हिमालयन रि इन्स्योरेन्स, नेपाल फाइनान्स, अपि पावर कम्पनी, अरुण भ्यालि हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्