काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.६३ अंकले घटेर २६९५.९३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आइतबार ३३७ कम्पनीको २ करोड २४ लाख ४६ हजार कित्ता सेयर किनबेच हुदाँ १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार गुड वील फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५२ करोड ३१ लाख १० हजार रुपैयाँको संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २ सय ३० रुपैयाँ रहेको छ ।
आइतबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आइतबार सुपर माई हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ भने ३ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्