Shikhar Insurance
National Life

सनरुफ भएको टाटा पन्च इभीको बुकिङ्ग ४६८ युनिट, नाडाको अन्तिम दिनसम्म ५०० बढी पुग्ने अपेक्षा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार १४:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको छ ।

नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ्ग भईसकेको छ भने नाडाको अन्तिम दिनसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । यस वर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टाटा पन्चको शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस शुरुवाति भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्नुहुन्छ । हाल सार्वजनिक मूल्य नाडा सम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा नि:शुल्क चार्जिङ्गको घोषणा पनि गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्