Shikhar Insurance
National Life

एनएमबि बैंकले पनि ३ अर्बको प्रिफरेन्स सेयर जारी गर्ने, ८.२५ प्रतिशत प्रतिफल

सिंहदरबार संवाददाता
२०८१ भाद्र १६, आईतवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले पनि प्रिफरेन्स सेयर जारी गर्ने भएको छ । बैंकले बार्षिक ८.२५ प्रतिशत प्रतिफल दिने ३ अर्ब रुपैयाँ बराबरको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय गरेको हो ।

भदौ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रति कित्ता १०० रुपैयाँ मूल्य अंकित ३ करोड कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकर सेयर जारी गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकले सो मात्रामा अग्राधिकार सेयर जारी गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो सेयर संस्थागत लगानीकर्ताहरुले मात्रै खरिद गर्न पाउनेछन् । बैंकले नाफा गरेर लाभांश वितरण गरेको बर्ष यो सेयरका खरिदकर्ताहरुले सबै भन्दा पहिले ८.२५ प्रतिशत नगद लाभांश पाउँछन् । तर बैंकले नाफा कमाएर लाभांश वितरण गर्न सकेन भने अग्राधिकार सेयर धनीले सो आर्थिक बर्षमा लाभांश पाउने छैनन् र त्यस्तो लाभांश अर्काे बर्षकोमा जोडेर प्राप्त हुने छैन् ।

यस अघि नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता शेयर जारी गर्न लागेको हो । बैंकको साउन २७ गते आइतबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बसेको सञ्चालक समितिको ६६२ औं बैठकबाट शेयर जारी गर्ने निर्णय गरेको थियो । नबिलले बार्षिक ८ प्रतिशत मुनाफा दिने भनेको छ ।

राष्ट्र बैंकले बैंकले वाणिज्य बैंकहरुको माग बमोजिम एकिकृत निर्देशन २०८० मा संसोधन गर्दै पुँजी कोष दबाबमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई अग्राधिकार सेयर जारी गर्ने सुबिधा उपलब्ध गराएको थियो । बहुसंख्यक बाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरु पुँजी कोष अभावमा थप ऋण लगानी गर्नै नसक्ने अवस्थामा रहेका थिए ।

राष्ट्र बैंकले सुविधा दिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले अग्राधिकार सेयर जारी गरेर आफ्नो टायर १ क्यापिटल बढाउन सुरु गरेका हुन् । क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार बैंकहरूले जोखिम भारित सम्पत्तिको १।५ प्रतिशतसम्म पर्पेचुअल प्रकृतिको नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था छ ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्कले अतिरिक्त पुँजी जुटाउने उपकरण जारी गरि पुँजी पुर्याउन सक्ने व्यवस्था गरेपनि बैंकहरूले हालसम्म यो उपकरण प्रयोग गरेका थिएनन् । राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न नपाइने भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ ।

 

नबिल बैंकले जारी गर्ने १०० रुपैयाँ दरको ५ करोड कित्ता अग्राधिकार सेयर क-कस्ले किन्न पाउँछ ?

GBIME

प्रतिक्रिया दिनुहोस्