Shikhar Insurance
National Life

माछापुच्छ्र्रे बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक क्यासब्याक अफर

सिंहदरबार संवाददाता
२०८१ भाद्र १४, शुक्रबार ११:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्र्रे बैंक र (मेगा मार्ट प्राइभेट लिमिटेड) बिगमार्टबीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

देश भरि रहेका बिगमार्टका आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पउने सम्बन्धमा सो सम्झौता भएको हो । यसै बीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २ सय रुपैयाँसम्मको क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्