काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी खुस्बु कुमारी सर्राफको नामा रहेको ५ हजार कित्ता, जुना शर्माको ३० हजार कित्ता, गणेश प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता, शिशिर आचार्या २ हजार ६ सय ३० कित्ता, लक्ष्मी भण्डारीको नाममा रहेको ४ हजार ८ सय ५६ कित्ता, शान्ता केसी कार्कीको १ हजार ८ सय ७० कित्ता, खुम बहादुर कुँवरको १ हजार ८ सय ६९ कित्ता, कृष्ण प्रसाद पन्थीको नाममा रहेको ९ सय ३४ कित्ता सेयर गरि कूल ७२ हजार १ सय ५९ कित्ता सेयर बिक्रीमा ल्याएक हुन् ।
सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा–८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्न सक्नेछन् ।
साथौ, तोकिएको समयमा सस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजि अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्