काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा उनले ५१ मध्ये ३० मत पाए ।
उनको विपक्षमा नेकपा एमाले ओली पक्षीय र जनता समाजवादीका कुल ९ सांसदले मात्र मत हाले ।
नेपाल काँग्रेसले मत नहालेपनि नेकपा एमालेकै माधव नेपाल पक्षले उनलाई भोट हालेका थिए ।
यससँगै मुख्यमन्त्री भट्टको पद जोगिएको छ ।
उनको कार्यकालको २ वर्ष बाँकी छ । भट्टले प्रदेशसभामा विश्वसको मत मागेका थिए ।
प्रतिक्रिया दिनुहोस्