काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी बस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र बिस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी भईरहेको छ।
अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्ष अघिबाट प्रारम्भ भैसकेको छ। बिदेशि लगानिका दुई वटा र नेपाल धितो पत्र बोर्डबाट स्वीकृत एघार वटा भेन्चर क्यापिटल अहिले कार्यरत छन् । नेपालमा नया प्रयोग भएको तथा देखासिकि र रहरमा खुलेका कम्पनीले उद्देश्य अनुसार काम गर्न सकेका छैनन् ।
राम्रो संभावना भएर पनि पुंजिको अभावमा धेरै उधोग ब्यवसाय राम्ररि चल्न सकेका छैनन। संभावना भएका नया उधोग ब्यवसायमा जोखिम बढि हुने डरले बैकंहरु लगानि गर्न चाहदैँनन् । यस्ता उद्योग व्यवसायमा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलले लगानी गर्छन् । नेपालमा संभावनाको आधारमा उधोग ब्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शि लेखा प्रणालि र ब्यवस्थापन नहुने हुदाँ हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरुले लगानि गर्न सकेका छैनन् । यहि यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कृषि क्षेत्रका उद्योग व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको छ।
नेक्सजेन म्यानेजमेन्टले पूर्व बैकंर, नियमक निकायका पुर्ब प्रमुख, कृषि बिज्ञ र कृषि उद्यमीहरुसँगको निरन्तर छलफल र संभाब्यता अध्यन पछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारि प्रारम्भ गरेको हो । विभिन्न चरणको छलफल पछि प्रस्तावित कंपनिको नाम नेपाल एग्रो भेन्चर क्यापिटल लि राख्ने निर्णय भयो। कंपनिको तत्काल चुक्ता पूँजी
५० करोड र सञ्चालनको एक वर्ष भित्र १०० करोड बनाइने भएको छ। कम्पनीमा संस्थापकहरुको लागि ८५ प्रतिशत र सर्बसाधारणको लागि १५ प्रतिशत शेयर छुट्याईने छ। संस्थापक शेयर मध्ये ४५ प्रतिशत बैकं बिमा र सुचिकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत ब्यक्ति र प्राईभेट कम्पनीको लागि छुट्याईने छ। प्रस्तावित भेन्चर क्यापिटल कंपनिमा सात सदस्यिय संचालक समिति हुनेछ।संस्थापकबाट पाच जना,सर्बसाधारणबाट एक जना र स्वतन्त्र संचालक एक जना हुनेछ।
नेपालमा बिदेशि लगानिका र स्वदेशि लगानिका भेन्चर क्यापिटल संचालनमा छन्, तर कृषिजन्य कच्चा र तयारी बस्तुमा आधारित उधोग ब्यवसायको स्थापना ,संचालन र प्रवर्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले यो प्रकृतिको कंपनिको आवस्यक्ता भएको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष तथा प्रस्तावित कंपनिका एक प्रबर्धक रमेश कुमार भट्टराईले बताए ।
नेपाल कृषि प्रधान देश हो, ६५ प्रतिशत भन्दा बढि जनता कृषिमा निर्भर छन, जिडिपिमा कृषिको योगदान २४ प्रतिशत भन्दा बढि छ।कृषि क्षेत्रको बिकास बिना देशको बिकास संभव छैन। जनताको जीवन स्तर र क्रय शक्ति बढाउन कृषि उत्पादन र कृषिमा आधारित उद्योग व्यवसायको विकास हुनै पर्छ, तर कृषिमा सोचे जस्तो लगानि हुन सकेको छैन।कृषिमा सरकारले दिएको सुविधा पनि टाठा बाठाले पहुचको आधारमा दुरुपयोग गरेका छन् । सहि कृषक र उद्यमीले पाउन सकेका छैनन्।
सरकारले कृषि क्षेत्रको बिकास र बिस्तार गर्ने आकर्षक र चर्को नारा दिएको त छ तर केही गर्न सकेको छैन । त्यसैले, जनस्तर र निजि क्षेत्रबाट पनि सकेको प्रयास गर्ने सिलसिलामा भेन्चर क्यापिटलको माध्यमले गर्न खोजेको भट्टराई बताउँछन्। धितो पत्र बोर्डबाट स्वीकृति लिई कृषिलाई प्राथमिकतामा राखेर सेक्टर वाईज फण्ड उठाएर लगानी गर्ने र सँग-सँगै अरु सेक्टरका उद्योग व्यवसायलाई पनि तेसै गरि क्रमसस् लगानि गर्दै बिकार र बिस्तार गर्दै लान सकिने बिस्वास अध्यक्ष भट्टराईको छ।
प्रस्तावित नेपाल एग्रो क्यापिटल लिमिटेडको संभाब्यता अध्यन र आवश्यक तयारि भैसकेको छ। आउने हप्ता भित्र बैंक बित्तिय संस्था,बीमा कंपनि,ब्यक्तिगत लगानि कर्ता र नीजि कम्पनीहरुलाई संपर्क गरि अघि बढ्ने भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्