काठमाडौं । बिहिबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्