Shikhar Insurance
National Life

अर्थतन्त्रलाई चलायमान बनाउँन निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक छ : प्रमुख सचेतक घिमिरे

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १८:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मुलुकलाई तीव्र आर्थिक समृद्धिमा लैजान निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक रहेको बताएका छन् ।

संसदीय विटसँग सम्बन्धित पत्रकारसँगको भेटमा आज उनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा लक्ष्य निर्धारण गरी अघि बढेको खण्डमा मात्र असल नतिजा हाँसिल गर्न सकिने बताएका हुन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिए । प्रमुख सचेतक घिमिरेले भने,’विकास र समृद्धिका लागि सरकार उदार हुनुपर्छ । सरकार, निजी क्षेत्र र जनतासहित सबै मिलेर पूर्वाधार निर्माणलगायतका गरेमा मात्रै चाहेको प्रतिफल हासिल गर्न सकिन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘राज्य करले चल्छ भने निजी क्षेत्र नाफाले चल्छ । यो कांग्रेसको अवधारण हो, कसैले होइन भन्छ भने त्यसले कांग्रेसले बुझेकै छैन’, उनले भने । देशलाई विकास र समृद्धिमा लैजान आर्थिक उदारवादका माध्यमबाट विश्व समुदायसँग जोडिनुको विकल्प नभएको बताउँदै प्रमुख सचेतक घिमिरेले जनसहभागिताविना सरकारले चाहेर मात्र आर्थिक उपलब्धि हाँसिल हुन नसक्ने तर्क प्रस्तुत गरे ।

कांग्रेस वर्तमान सत्ता गठबन्धनको ठूलो दल भएपनि संसद्मा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ छ । उनले भने,’किनभने हामी प्रधानमन्त्रीको दल र प्रतिपक्ष पनि होइनौँ । त्यो हिसाबले हाम्रो भूमिका धेरै ठूलो नहुन सक्छ तर पनि हरेक निर्णय र प्रक्रियामा कांग्रेसको भूमिका महत्त्वपूर्ण र प्रभावकारी हुन्छ नै । त्यो भूमिका निर्वाह गर्नुपर्छ ।’ अहिले पनि कांग्रेसले केही विषय र सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने आवश्यक औल्याउँदै प्रमुख सचेतक घिमिरेले रुग्ण उद्योग सरकारले चलाउनुपर्छ भनी आएका विषयमा राज्यले व्यापार गर्न हुन्न भन्नेमा कांग्रेस दृढतापूर्वक उभिनुपर्ने बताए ।

‘राज्य व्यावसायिक संस्था होइन, नियमनकारी निकाय हो । नियमनकारी र व्यावसायिक संस्था एउटै हुन सक्दैन, यसमा पार्टी स्पष्ट हुनुपर्छ । रुग्ण उद्योग सञ्चालन गर्ने नाममा फेरी सरकारले लगानी गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ । राज्य कोषलाई त्यसरी प्रयोग गर्ने छुट छैन भन्ने कुरा पनि सँगसँगै उठिरहेको छ । यसमा कांग्रेस चनाखो हुनुपर्ने छ’ उनले भने ।

मुलुकमा देखिएका अनियमिता र भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनको मामिलामा कांग्रेस दृढताका साथ उभिदै आएको र अहिले पनि सरकारबाट कतै पनि कम्जोरी हुन नदिन सक्दो सहयोग पुर्‍याउँदै आएको उनको स्पष्टोक्ति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्