Shikhar Insurance
National Life

देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउँन सांसद सुवालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १७:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउँन आग्रह गरेका छन् ।

उनले भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन् । उनले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गरे । उनले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरु उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरुले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘अहिले नेपाली जनता घरखेत बेचेर रोगको उपचार गर्नुपर्छ । कतिले हामीलाई सुनाउँछन्, हाम्रो त घरजग्गै गयो, उपचार गर्दागर्दै । त्यसकारण यतातिर मन्त्रीज्युको ध्यान जान उपयुक्त हुन्छ । मन्त्री, प्रधानमन्त्री र सरकारको मुख्य ठाउँमा रहेका व्यक्ति उपचार गर्न विदेश जाने, जनताले उपचार गर्ने ठाउँमा हामी पनि उपचार गरौँ, यहीँ देशभित्रको उपचारलाई राम्रो बनाउँ । यो विषय हामीले संसदमा पनि उठाएका छौँ । कोही पनि प्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यमुख्य मान्छेहरु विदेश उपचार गर्न जान नपर्ने गरी हाम्रै देशमा उपचारको बन्दोबस्त गरौँ । अस्पताल उपचारको लागि बनाऔँ ।’

सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्