काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको हो ।
बुधबार ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ रुपैयाँ संकलन भएको छ ।
बुधबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज माई खोला हाइड्रोपावरको ९.९३ प्रतिशत, पीपुल्स हाइड्रोपावरको ९.८७ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ७.७९ प्रतिशत सहित १३९ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्