काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार असोज ३ गते कुमारी बैंक लिमिटेड, टंगाल, काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।
सभामा आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ ।
साथै, सभामा आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकिने छ ।
प्रतिक्रिया दिनुहोस्