काठमाडौं । राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर हटाएको छ । मंगलबार नयाँ सर्कुलर जारी गर्दै राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर हटाएको हो ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुलाई क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार ०.५ प्रतिशत बाउन्टर साइकलिकल बफर लागाउदै आएको थियो । अब राष्ट्र बैंकले यो बफरलाई ० प्रतिशतमा सिमित गराएको हो ।
यसअघि भारतको भारतीय रिजर्भ बैंकले काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीवाईबी) लागू नगर्ने निर्णय गरेको थियो । अप्रिल २३, २०२४ मा एक निर्णय गर्दै काउन्टर साईक्लिकल बफर नलगाउने निर्णय गरेको थियो ।
भारतमा कर्जा विस्तार तिब्र भैरहदा सीसीवाईबी लागू गर्ने अनुमान गरिएको थियो । तर सबै तथ्यांकहरु ठिकठाक भएको भन्दै रिजर्भ बैंकले हालका लागि सीसीवाईबी लागू नगर्ने निर्णय गरेको हो ।
भारतले काउन्टर साईक्लिकल बफर नलगाउने निर्णय गरेसँगै नेपालमा समेत नलगाउन दबाब बढेको थियो । अहिले कर्जा विस्तार नभएको अवस्थामा राष्ट्र बैंकले बफर हटाएको हो । पुँजिकोस दवाबमा व्यवसाय विस्तारमा सकस भोगिरहेका वाणिज्य बैंकहरुलाई सहज हुने गरि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शुन्यमा झारिदिएको हो ।
प्रतिक्रिया दिनुहोस्