Skip to content
Shikhar Insurance
National Life

सरकारी अस्पतालमा शय्या पाउनै मुस्किल : सांसद

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद मनिष झाले सरकारी अस्पतालमा शय्या पाउन नसक्दा बिरामीलाई सास्ती भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । ‘देशलाई माया गर्नुहुन्छ भने एउटा कार्यकाल इमान्दारको प्रयास गर्नुस्’ उनले भने ‘भ्रष्टाचार निवारण ऐनमा हदम्याद लगाउन खोजिएको छ, यो हामीलाई मान्य छैन ।’

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान जारी भएको लामो समय बितिसक्दा पनि प्रशासनिक सङ्घीयता, निजामती लगायतका ऐन बन्न नसक्दा सङ्घीयताको कार्यान्वयनमा कठिनाइ भएको बताए । सांसद अनिशा नेपालीले सल्यानाको बागचौर नगरपालिकाबाट कोटमौला जाने जाँगरखोलाको मोटरेबल पुल विगत तीन वर्षदेखि निर्माणाधीन अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले पुल निर्माणमा २० प्रतिशत मात्रै भएको उल्लेख गरे ।

उनले विशेषगरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरहरूले नागरिकलाई सताएको, कतिपय स्थानमा बस्ती नै विस्तापित भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले मानिसहरु हात्ती, बाघ, भालु, बाँदर, बँदेललगायत जनावरका आतङ्कबाट सास्ती खेपिरहेको र किसान बाली नष्ट हुने डरले दिनरात बारीमा बस्नुपर्ने अवस्था चिन्ताजनक भएको बताए । सांसद अब्दुल खानले बर्दिया जिल्लामा साना व्यापारीले सास्ती भोग्नुपरेको जानकारी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्