Shikhar Insurance
National Life

अब ओलीसँग मिल्नुपर्छ, मन्त्री बन्ने कुरा महत्वपूर्ण होइनः योगेश भट्टराई

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार २०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का सचिव योगेश भट्टराईले अब पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मिल्नुपर्ने धारणा राखेका छन् । प्राइम टेलिभिजनमा अन्तरवार्ता दिँदै उनले अध्यक्ष ओलीको वक्तव्यपछि समानान्तर गतिबिधी रोकेर एकतामा लाग्नुपर्ने बताएका हुन् । उनले पार्टी नेताहरुलाई गरिएको कारवाही फिर्ताबारे अध्यक्षको वक्तव्यमा केहि उल्लेख नगरिएको भए पनि कारवाही फुकुवा सरह भएको बताए ।

उनले पार्टी एकता जोगाउने गरि ओलीलाई वक्तव्य जारी गर्न आफुहरुको समेत भूमिका रहेको दावी पनि गरे । उनले अब बिनासर्त ओलीसँग वार्तामा बस्नुपर्नेमा पनि जोड दिए । ‘अब पनि बहानाबाजी गरेर बस्नुको अर्थ छैन्, अब एकताका लागि पार्टी अध्यक्षसँग छलफलमा बस्नुपर्छ, विभाजनको बाटोमा लाग्नु हुन्न’, भट्टराईले भने ।
उनले आफु मन्त्री बन्ने की नबन्ने भन्ने विषय ठूलो नभएको तर पार्टी एकता जोगाउने कुरा मुख्य भएको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्