Skip to content
Shikhar Insurance
National Life

‘नाडा अटो शो २०२४’ को हटकेट पन्च ईभी, मूल्य र फिचरले ग्राहकलाई तान्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । ‘नाडा अटो शो २०२४’ को अवसर पारेर टाटा मोटर्सले नेपाली बजारमा पन्च ईभी सार्वजनिक गरेको छ । तीन फरक– फरक भेरियन्टमा रहेको पन्च ईभीको एस एमआर भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रहेको छ भने एलआर भेरियन्टको ३६ लाख ९९ हजार र एस एलआर भेरियन्टको ३८ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टाटा मोर्टस कम्पनीले डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’मा निर्माण गरेको पहिलो मोडल पन्चको पफर्मेन्स उच्च स्तरको रहेको तथा विगत एक महिनाबाट नेपाली बाटोमा परिक्षण गरेर मात्रै नेपाली बजारमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेका छन् । यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।

त्यस्तै, टाटा पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । अहिले ३५ किलोवाट ब्याट्री क्षमताको गाडी नेपाली बजारमा रहेको छ ।

९० किलोवाट मोटर पावर पन्चको ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम भएको गाडी पाँच कलरमा उपलब्ध छ ।

भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्