काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी एकताका लागि आफ्नो बटम लाइन तय गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका ८ बुँदे आधार अघि सारेको हो । सर्तका रुपमा अघि सारिएका आठ बुँदा पुरा हुनुपर्ने र प्रतिनिधी सभा विघटन सम्बन्धी निर्णय फिर्ता लिनुपर्नेमा नेपाल समुहको अडान कायमै रहेको छ ।
नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यहरुका तर्फबाट बरिष्ठ नेता नेपालले सार्वजनिक गरेको धारणामा ओलीले पार्टी एकता जोगाउने नियतसहित वक्तव्य जारी नगरेको निष्कर्ष पनि समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्