Skip to content
Shikhar Insurance
National Life

कुमारी सुनौलो योजनाको लाभांश घोषणा, बुक क्लोज मिति तय

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित ‘कुमारी सुनौलो लगानी योजना’ ले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कर सहित १०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त योजनाको व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा

लाभांश वितरण प्रयोजनार्थ योजनाले आज अर्थात भदौ ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १० गतेसम्म कायम इकाईधनीहरुले, योजनाले वितरण गर्ने लाभां प्राप्त गर्न सक्नेछन्।

कुमारी सुनौलो लगानी योजना एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ती मूल्यमा पुन: लगानी गर्न सकिनेछ। लाभांश पुन: लगानी योजनामा सहभागि हुन चाहने इकाईधनीहरुले भदौ २५ गतेसम्म आफ्नो नाफा दर्ता गर्नुपर्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्