Shikhar Insurance
National Life

भोलीबाट राष्ट्रिय वाणिज्य बैंकको ८.५ प्रतिशत ब्याज दिने ऋणपत्र

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १६:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत ब्याजदर दिने आरबीबी डिबेञ्चर, २०८३ को बिक्रि खुला हुँदैछ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८।५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

डिबेञ्चरमा प्रतिकित्ता एक हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्