Skip to content
Shikhar Insurance
National Life

सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइनः गभर्नर अधिकारी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले भने–‘सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन, गतिलो व्यवसायीक योजना चाहिन्छ र त्यसको अध्ययन गरेर आवश्यक रकम मात्रै दिने हो ।’

उनले राम्रो व्यवसायीक योजना  पेश गरेर उद्यमशिलता दर्शाउन सक्नेहरुलाई एक प्रतिशत ब्याजदरमा प्रमाणपत्र परियोजना राखेर ऋण दिन भने कुनै समस्या नभएको बताए । गभर्नर अधिकारीले तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरताका लागि नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिलाई केन्द्रित गर्ने पनि बताए । ‘केन्द्रिय बैंकको योजना भनेको तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरता हो । त्यसका लागि आवश्यक नीति आगामी मौद्रिक नीतिमा आउँछन’, गभर्नर अधिकारीले भने । उनले बजारमा न्युन तरतलता हुँदा पैसा पठाउने र बजारमा अधिक तरतलता हुँदा प्रशोचन गर्ने नीति राष्ट्र रहेको पनि स्पष्ट पारे ।

गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पुर्याउने, पुनकर्जालाई नतिजामुखी बनाउने लगायतका कामलाई राष्ट्र बैकले बिशेष चासोका साथ अघि बढाएको पनि बताए । आगामी मौद्रिक नीतिले बजेटमा अघि सारिएका कार्यक्रमहरु कार्यान्वयनका लागि स्पष्ट योजना अघि सार्ने पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्