काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । आइतबार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनतालाई सचेत र संगठित गर्न आफूहरले चार महिने अभियान चलाएको बताए । अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरुलाई लिएर र जनताका सवाललाई लिएर हामी सडक संघर्षमा उत्रिने जानकारी दिए ।
उनले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने बताए । उनले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने जानकारी दिए । जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भुमिका खेल्नका लागि तयार हुनुपर्ने बताए । अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्