काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताका हुन् ।
सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताए । उनले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्नसकिने बताए । उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए ।
उनले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्