Shikhar Insurance
National Life

तस्करी नियन्त्रणमा भैरहवा भन्सार आक्रामक, अवैध २ सय बोरा चिनी कपडा सहित ट्रक बरामद

सिंहदरबार संवाददाता
२०८१ भाद्र ८, शनिबार १४:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । चोरी तस्करी नियन्त्रणमा भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएको छ । खुला सिमानाका कारण हुने चोरी तस्करीमा कार्यालयले गस्ति बढाएको हो ।

शुक्रबार राती भन्सार कार्यालयले ट्रक नियन्त्रणमा लिएको छ । अवैध चिनी बोकेका  ट्रक भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो । भन्सार कार्यालय स्रोतका अनुसार भन्सार गस्तिका क्रममा ग २ ख १२९० नम्बरको ट्रकमा भेटिएको २ सय बोरा चिनी र अवैध कपडा बरामद गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्रोतका अनुसार भन्सार गस्तिलाई देखेपछि तस्करहरुले गाडी छाडेर भागेका थिए । कार्यालयका एक कर्मचारीलेभ भने, ‘भन्सार गस्तिको टोलीलाई देख्नासाथ ट्रक छाडेर ड्राइभर र तस्करहरु भागेका थिए पछि हामीले खानतलासी गर्दा २ सय बोरा चिनी र लेडिज् कुर्था भेटेका छौं, यो विषयमा थप अनुसन्धान भैरहेको छ ।’ ती कर्मचारीका अनुसार चीनी र कपडा करिब ८ लाख रुपैयाँ बराबरको छ ।

कार्यालयले लुम्बिनी रोडको रामुवापुर नजिकबाट ट्रक प्रकाउ गरेको हो । पछिल्लो समय भन्सार छलि गरेर चिनी आयात भैरहेको छ । यसअघि पनि भन्सार कार्यालयले ५ सय बोराभन्दा बढी चिनी बरामद गरिसकेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्