काठमाडौं । नेपाल राष्ट्र बैंककले ५ वटा रेमिट्यान्स कम्पनीहरुको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशन गर्दै ५ वटा रेमिट्यान्स कम्पनीहरुको लाइसेन्स रद्द गरेको हो ।
बैंकका अनुसार लाजिम्पाट काठमाडौंमा रहेको राम्रो रेमिट, गौशालामा रहेको ग्लोबल माउनटेन, संसार रेमिट प्रालिको दरबारमार्ग, काठमाडौं न्यूरोडको ललित मनि ट्रान्सफर र अनामनगरको माक्स मनि ट्रान्सफर प्रा.लि.को लाइसेन्स खारेज भएको बैंकले जानकारी दिएको हो ।
मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (प्रथम संशोधनसहित) को विनिमय १३ को उप विनियम (१०) खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड (क) र (ग) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स कारोबारको सिलसिलामा ती कम्पनीहरुसँग वा कुनै व्यक्ति तथा संस्थाले लेनदेन (विप्रेषणसँग सम्वन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी गराउनपर्ने छ।
प्रतिक्रिया दिनुहोस्