काठमाडौं । सुजुकीको नयाँ जेड-सिरिज इन्जिनसहितको ‘एपिक न्यू स्विफ्ट’ सार्वजनिक हुने भएको छ । ‘इपिक न्यू स्विफ्ट’ नाडा अटो शो २०८१ मा सार्वजनिक हुने भएको हो ।
नयाँ जेड–सिरिज १.२ लिटर इन्जिनसहितको एपिक न्यू स्विफ्टमा Innovation, Technology and Sustainability को उत्तम मिश्रण कम्पनीले जनाएकाे छ । ६ वटा एयरब्याग, सबै सिटहरूका लागि ३–प्वाइन्ट सीटबेल्टहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन, र ब्रेक असिस्टलाई स्ट्यान्डर्ड फिचरहरूको रूपमा समावेश गरिएको छ ।
२२.८६ सेन्टिमिटर (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ARKAMYS सराउन्ड साउन्ड, वायरलेस फोन चार्जर, ए ७ सी टाइप USB पोर्टहरू, क्रुज कन्ट्रोल, अटो हेडलाम्प्स, र अन्य धेरै फिचरहरूले भरिएको कम्पनीले जनाएकाे छ । चौथो पुस्ताको स्विफ्ट आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै माइलेज दिने ह्याचब्याक हो, जसको माइलेज २५.७५ कि.मि/लि सम्मको छ, जुन अघिल्लो पुस्ताको स्विफ्टको तुलनामा १४ प्रतिशत वृद्धि रहेकाे छ ।
नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सी जी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ । सी जी मोटोकर्पले अनुसार, गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिनेछ भने मूल्यको जानकारी पनि त्यसबेलामा उपलब्ध हुने कम्पीले जनाएको छ ।
२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा style र Sportinesssf को पर्यायबाचिको रुपमा रहदै आएको छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको हो । नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले performance र Sustainability को नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम ह्याचब्याक बनाउँछ । एपिक नयाँ स्विफ्टमा थुप्रै नया युगका प्रविधि र फिचरहरु समाबेश गरेको छ, जसले ग्राहकको ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ।
नयाँ स्विफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ १. आकर्षक एक्सटेरियर, २. आरामदायी क्याविन, ३. आधुनिक सेफ्टी सिस्टम, ४. रमाइलो ड्राइभिङ अनुभव र ५. उन्नत प्रविधि। यसमा प्रयोग गरिएको नयाँ ‘wrap around character line’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाउछ । कम्पनीका अनुसार क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ जसले प्रिमियम फिल र आरामदायी ड्राइभिङ अनुभव प्रधान गर्नेछ । स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा एलईडी प्रोजेक्टर हेडलाइटहरू र Boomerang एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै Futuristicबनाएको छ ।
Driver Oriented Dashboard ८–डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ से.मी. (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्ने A र C प्रकारको USB पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०:४० पछाडिको सीटर कीलेस इन्ट्रीले सबै यात्रुहरूको लागि सहजता र सुविधा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
ड्राइभर र यात्रुहरूको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न Active र Passive safety फिचरहरु समावेश गरेको छ । स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टमसंग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन र ब्रेक असिस्ट, ३–प्वाइन्ट सीटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन् , यसले विभिन्न अवस्थामा सम्पूर्ण सुरक्षा र स्ताबिलिटी प्रदान गर्ने कम्पनीले जनाएको छ । यसबाहेक, यो प्रीमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।
सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ। यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ कि.मि/लि सम्मको माइलेज प्रधान गर्नेछ जुन पुरानो स्विफ्ट भन्दा १४%ले ज्यादा हुन्छ। यसको यिध –भलम तयचत्रगभ र राम्रो एक्सिलरेसनले नेपाली सहरी ड्राइभिङ कन्डिसनमा चलाउन सजिलो हुने कम्पनीको विश्वास छ ।
यसमा प्रयोग गरिएको नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो३ सहितको २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, ARKAMYS सराउन्ड सेंस र वायरलेस चार्जरले स्विफ्ट चलाउन र यात्रा गर्न आनन्दको अनुभूति दिनेछ । नयाँ द्धतज जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ।
प्रतिक्रिया दिनुहोस्