काठमाडौं । नमस्ते पेले ग्राहकहरु समक्ष एक नयाँ अफर ल्याएको छ । नमस्ते पेले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्ने नयाँ अफर ल्याएको हो ।
यो अफर ७ भदौ २०८१ देखि २१ भदौ २०८१ सम्म मान्य हुनेछ। प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्न सक्ने नमस्ते पेले जनाएको छ । साथै, लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले इयरपड्स जित्न सक्नेछन् ।
यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्ने नमस्ते पेले जनाएको छ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको नमस्ते पेले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्