Skip to content
Shikhar Insurance
National Life

नयाँ सरकार आउने बित्तिकै सेयर बजारमा उत्साह बढेको छ : अध्यक्ष अग्रवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नयाँ सरकार आउने बित्तिकै सेयर बजारमा उत्साह बढेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सेयर बजारमा कारोबार बढ्दा राजस्व वृद्धि भई सरकारलाई फाइदा समेत पुगेको बताउदै भने,‘पुजिबजारमा उत्साह देखिएसङ्गै विदेशी मुद्रा संचिति पनि बढेको छ । पुँजिबजारबाट सरकारले राजस्व आर्जन गरेको छ ।’

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण स्थान ओगटेको घरजग्गा व्यवसायिलाई गतिशील बनाइ अर्थतन्त्र चलयमान बनाउन आवश्यक रहेको बताउदै उनले नितिगत सहजताले मात्रै सुदृढ अर्थतन्त्रको परिकल्पना गर्न सकिने दाबी गरे । उनले भने ,‘सरकारले अर्थतन्त्र सुधारका लागी उच्चस्तरीय आयोग बनाउने घोषणा गरेको छ । यो निर्णय स्वागतयोग्य छ।’

उद्योगिहरु सरकारबाट पनि पीडित बनेको उनको गुनासो छ । उनले निजि क्षेत्रलाई कसरी टेक्निकल रुपमा अगाडि बढाउने भन्ने बारे सोच्नु पर्ने बताउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजि क्षेत्रमा पनि अनुसन्धान गर्ने विषयले निजि क्षेत्र त्रासमा पुगेको बताए। नेपाल राष्ट्र बैंकमा जम्मा भएको रकम उपयोग गरेर पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने उनको भनाइ छ।

GBIME

प्रतिक्रिया दिनुहोस्