काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि कम्पनीले अन्य व्यक्ति वा संस्थाको लागि बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा–७ काभ्रेपलाञ्चोमा आफूले खरीद गर्न चाहेको सेयर र मूल्य खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्