Shikhar Insurance
National Life

प्रतिकित्ता १ सय रुपैयाँमा नेशनल फण्ड म्यानेजमेन्टले ११ लाख ७२ हजार कित्ता सेयर बिक्री गर्दै

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले भदौ १३ गतेदेखि संस्थापक समुहको ११ लाख ७२ हजार कित्ता सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीले जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूका लागि २:१ अनुपातमा ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुल्ला गरेको थियो । सोही अवधिमा वितरण नभई बाँकी रहेको सेयर कम्पनीले लिलाम प्रक्रिया मार्फत बिक्री गर्न लागेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५० रुपैयाँ प्रिमियम बापत ५० थप गरी न्यूनतम मूल्य १०० रुपैयाँमा बिक्री गर्न लागेको छ । सेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा २० हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता सेयर खरिदको माग राखेर आवेदन दिन सकिनेछ ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी, अन्य व्यक्ति, संघसंस्था वा कम्पनीले भदौ १३ गतेदेखि भदौ २० गतेसम्म आफूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्